+
+
Shares

सरकारसँग व्यवसायीले भने- कुरियर सेवालाई पनि अत्यावश्यक सेवामा वर्गीकरण गरियोस्

हुलाक सेवा जस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल कुरियर सेवा संघले कुरियर सेवालाई अत्यावश्यक सेवाको सूचीमा राखेर चौबिसै घण्टा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
  • संघका अध्यक्ष अनिलराज भट्टराईले कुरियर व्यवसाय कुन मन्त्रालय अन्तर्गत रहने भन्ने विषयमा स्पष्ट कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
  • अध्यक्ष भट्टराईले भने, ‘कुरियर सेवा पनि हुलाक सेवाजस्तो अत्यावश्यक सेवामा वर्गीकरण गरेर यसलाई चौबिसै घण्टा आवतजावत गर्न दिनु पर्दछ ।’

१६ असार, काठमाडौं । कुरियर व्यवसायीहरूले कुरियर सेवालाई पनि अत्यावश्यक सेवाको रूपमा वर्गीकरण गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार हुलाक सेवा विभागले काठमाडौंमा आयोजना गरेको उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिलराज भट्टराईले उक्त माग गरेका हुन् ।

उनले आफूहरूलाई सञ्चार मन्त्रालय अन्तर्गत राखिएको हो कि उद्योग मन्त्रालत अन्तर्गत हो ? भन्ने विषयमा पनि स्पष्ट हुनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

हुलाक सेवा जस्तै अत्यावश्यक सेवा हो भन्ने कुरालाई मनन गरेर सरकारले तत्काल कुरियर सेवा पनि त्यसमा वर्गीकरण गर्नुपर्ने अध्यक्ष भट्टराईको भनाइ थियो ।

उनले नेपालको निर्यात क्षेत्रमा ६० प्रतिशत भन्दा बढी काम गरेको कुरियर सेवालाई भन्सारमा काम गर्नका लागि उचित व्यवस्था समेत नभएको गुनासो पनि गरे ।

अध्यक्ष भट्टराईले सरकारले आफूहरूको मागको सुनुवाइ नगरेको भन्दै सरकारको आलोचना पनि गरे ।

उनले भने,‘कुरियर सेवा पनि हुलाक सेवाजस्तो अत्यावश्यक सेवामा वर्गीकरण गरेर यसलाई चौबिसै घण्टा आवतजावत गर्न दिनु पर्दछ । किनभने हामीले अति संवदेनशील भ्याक्सिनहरू भयो, अति संवेदनशील सामान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरियर गर्दछौं, पठाउने, ल्याउने गर्दछौँ । र यसले निर्यातमा पनि धेरै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’

अध्यक्ष भट्टराईले कुरियर सेवा संवेदनशील सेवा पनि भएकाले यस्ता सामग्रीहरूको आवातजावत चौबिसै घण्टा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?