+
+
Shares

खेलाडीमा अनुशासन हुनुपर्ने बताउँदै ओलीले दिए पृथ्वी, सूर्य र ब्रह्माण्डको उदाहरण

उनले पृथ्वीबारे थप भने, ‘पृथ्वी अनुशासित छ । भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ । कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने र खेल भावनालाई फराकिलो बनाउँदै खेलाडीहरू अनुशासनमा बाँधिनुपर्ने बताएका छन्।
  • उनले भने, 'खेलाडीहरू अनुशासित हुन्छन् । विनाअनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ ।'
  • अध्यक्ष ओलीले शारीरिक अवस्था र उमेरअनुसारको खेल मानव जीवनका लागि निकै महत्वपूर्ण हुने उल्लेख गरेका छन्।

१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासनबिना खेलकुद सम्भव नहुने बताएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले खेल भावनालाई फराकिलो बनाउँदै अनुशासनमा बाँधिन आग्रह गरेका हुन् ।

‘खेलाडीहरू अनुशासित हुन्छन् । विनाअनुशासन खेल हुनै सक्दैन । अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ उनले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय छ, धर्ती, गृहहरू अनुशासन छन् । सूर्य आफैँ अनुशासित छ। सिंगै ब्रमाण्ड अनुशासितछ ।’

उनले पृथ्वीबारे थप भने, ‘पृथ्वी अनुशासित छ । भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ । कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ ।’

उनले शारीरिक अवस्था र उमेरअनुसारको खेल मानव जीवनका लागि महत्वपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?