+
+
Shares

रास्वपा केन्द्रीय सदस्यहरूको शपथ भोलि

बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १८:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि बुधबार बिहान ११ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा हुने भएको छ।
  • असार ७ गते सुरु भएको रास्वपाको पहिलो महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
  • महाधिवेशनमा भएको ९९ सदस्यीय निर्वाचनबाहेक बाँकी ५१ जना केन्द्रीय सदस्यहरू सभापतिद्वारा मनोनित गरिने रास्वपाले जनाएको छ।

१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम भोलि बुधबार हुने भएको छ ।

बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो । उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। बाँकी ५१ जना भने सभापतिद्वारा मनोनित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?