+
+
Shares

प्रदेशसभा खारेज गर्ने स्वर्णिमको प्रतिवेदनमा नेकपाको टिप्पणी : लोकतन्त्र हल्लाउने गन्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १२:०२

१४ असार, काठमाडौं । प्रदेश सभा खारेज गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टीको महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनको आलोचना भएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले यसलाई लोकतन्त्रको आधार हल्लाउने गन्धको रुपमा टिप्पणी गरेको छ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएका हुन् ।

उनले भनेका छन्, ‘सभापतिको प्रस्तावमा नआइ अनय विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधिबीच छलफल समेत नभइ पारित भएका भनिएका केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको प्रति हामी सचेत छौं ।’

संसदीय निर्वाचनमा सानो र ठूलो हुन सकिने भए पनि एजेण्डाको सन्दर्भलाई ख्याल गर्न उनको आग्रह छ । गणतन्त्र हल्लाउने सन्दर्भमा केही नसोच्न उनको चेतावनी छ ।

कम्युनिस्टको सिद्धान्तमा बजेट लेख्ने गरी जनमत जितेर आउने भन्दै उनले भनेका छन्, ‘विद्धान अर्थमन्त्रीले भन्नुभए झैँ हामी आफ्नै भाषामा यो देशको बजेट लेख्ने गरेर आउने छौं । कम्युनिस्ट सिद्धान्तमा बजेट लेख्न तयार भएरै बसेका छौं । डन्ट अरि मिस्टर एण्ड ओनेरेबल मिनिस्टर ।’

गणतन्त्र प्राप्तीका लागि खुलमखुला लडेर आएको उल्लेख गर्दै उनले के गर्न खोजेको हो सो प्रष्ट भन्न सरकारलाई आग्रह गरे । चुनाव अगाडि प्रदेश बलियो बनाउने भनेर र मत पाएपछि प्रदेश सभा खारेज गर्ने दुस्साहस गरे मुलुकमा अर्को खालको द्वन्द्व सिर्जना हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?