+
+
Shares

रुकुमपूर्वमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, दुई घाइते

मंगलबार साँझ करिब ५:३० बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला एक्कासि माथिबाट माटोको ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुकुमपूर्वको भूमे गाउँपालिका–६ मा गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्को खस्दा ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको छ ।
  • घटनामा परी ५१ वर्षीय सम्पूर्ण बुढा गम्भीर घाइते भएका छन् भने ३० वर्षीय चिन्तामणि बुढा सामान्य घाइते भएका छन् ।
  • प्रहरी र स्थानीयवासीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाएको प्रहरीले जनाएको छ ।

१६ असार, रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–६ महतस्थित कन्टीघाने (सिमखोला भित्री सडक खण्ड) मा गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । अर्का एक जना सामान्य घाइते भएका छन्।

मंगलबार साँझ करिब ५:३० बजे सडकको भित्ताबाट गिट्टी–बालुवा निकालिरहेका बेला एक्कासि माथिबाट माटोको ढिस्को खस्दा उनीहरू पुरिएको प्रहरीले जनाएको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल रुकुमपूर्व पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भूमे गाउँपालिका–६ का करिब ५० वर्षीय दलखम्ब बुढाको उपचारका क्रममा मृत्यु भएको हो । सोही स्थानका करिब ५१ वर्षीय सम्पूर्ण बुढा गम्भीर घाइते भएका छन् भने ३० वर्षीय चिन्तामणि बुढा सामान्य घाइते रहेका छन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?