+
+
Shares
बक्सअफिस :

यी हुन् धेरै कमाउने ३१ नेपाली फिल्म : कमाइ ४ अर्ब ३३ लाख रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १७ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले आफ्नो २६ औं वार्षिकोत्सवका अवसरमा सर्वाधिक कमाइ गर्ने ३१ वटा नेपाली फिल्मको आधिकारिक सूची सार्वजनिक गरेको छ ।
  • सार्वजनिक तथ्याङ्कअनुसार सूचीमा समावेश ३१ वटा फिल्मको कुल ग्रस कमाइ ४ अर्ब ३३ लाख ६१ हजार ५२९ रुपैयाँ पुगेको छ ।
  • सर्वाधिक कमाइ गर्ने फिल्मको शीर्षस्थानमा ४६ करोड ८७ लाख रुपैयाँ ग्रस कमाइ गर्दै ‘पूर्णबहादुरको सारंगी’ रहन सफल भएको छ ।

काठमाडौं । चलचित्र विकास बोर्डले अहिलेसम्म सर्वाधिक कमाइ गर्ने ३१ नेपाली भाषाका फिल्मका सूची सार्वजनिक गरेको छ । २६ औं वार्षिकोत्सवका अवसरमा अपडेटसहितको सूची प्रस्तुत गरिएको हो ।

यी फिल्मको कुल ग्रस कमाइ ४ अर्ब ३३ लाख ६१ हजार ५२९ रुपैयाँ हुन आउँछ । शीर्षस्थानमा सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’ रहँदा पुछारमा ‘आगो’ छ । यस्तो छ सूची (ग्रसमा)

१) पूर्णबहादुरको सारंगी- ४६ करोड ८७ लाख रुपैयाँ
२) कबड्डी ४- २१ करोड ४० लाख रुपैयाँ
३) १२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ
४) परान- १७ करोड ७६ लाख रुपैयाँ
५) छक्कापञ्जा ४- १७ करोड ५३ लाख रुपैयाँ
६) जारी- १७ करोड ४८ लाख रुपैयाँ
७) छक्कापञ्जा- १६ करोड १० लाख रुपैयाँ
८) महाजात्रा- १५ करोड ६७ लाख रुपैयाँ
९) छक्कापञ्जा ५- १५ करोड २० लाख रुपैयाँ
१०) कोहिनुर- १४ करोड ७५ लाख रुपैयाँ

११) छक्कापञ्जा २- १४ करोड ५१ लाख रुपैयाँ
१२) आबाट आमा- १३ करोड २० लाख रुपैयाँ
१३) शत्रु गते- १२ करोड ६५ लाख रुपैयाँ
१४) जेरी अन टप- १२ करोड २८ लाख रुपैयाँ
१५) ऊनको स्वीटर- १० करोड ६२ लाख रुपैयाँ
१६) कबड्डी कबड्डी- १० करोड ३५ लाख रुपैयाँ
१७) बोक्सीको घर- १० करोड १० लाख रुपैयाँ
१८) छ माया छपक्कै- ९ करोड ९२ लाख रुपैयाँ
१९) लालीबजार- ९ करोड ३१ लाख रुपैयाँ
२०) लुट २- ९ करोड २१ लाख रुपैयाँ

२१) दिमाग खराब- ८ करोड ९८ लाख रुपैयाँ
२२) अञ्जीला- ८ करोड ८३ लाख रुपैयाँ
२३) परदेशी २- ७ करोड ९२ लाख रुपैयाँ
२४) छक्कापञ्जा ३- ७ करोड ८३ लाख रुपैयाँ
२५) प्रेमगीत ३- ७ करोड ६३ लाख रुपैयाँ
२६) कबड्डी कबड्डी कबड्डी- ७ करोड ५९ लाख रुपैयाँ
२७) पूजार सार्की- ७ करोड ३८ लाख रुपैयाँ
२८) महापुरुष- ७ करोड ३५ लाख रुपैयाँ
२९) कबड्डी- ७ करोड ३४ लाख रुपैयाँ
३०) पशुपति प्रसाद २, भस्मे डन- ७ करोड ३२ लाख रुपैयाँ
३१) आगो- ७ करोड २० लाख रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?