+
+
Shares

कपडा भन्दै अमेरिका पठाउन लागिएको बाकसमा भेटियो ठूलो मात्रामा सुनका गहना

कपडा भनिएको बाक्साबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थान, त्रिशुल १ थान, नेक्लेस गोलावा ४ थान, नेक्लेस चारपाटे ९ थान, काँडावाला चुरा २६ थान, यार्लिङ सहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र सिक्री १ थान बराद भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते ११:२२

१८ असार, काठमाडौं । जुत्ता, पाइन्ट साडीलगायतका कपडा भन्दै अमेरिका पठाउन लागिएको कार्गो बाक्साबाट सुनका गरगहना बरामद भएका छन् ।

यो प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौछका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल रहेको विमान सुरक्षा प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले बताए ।

१६ असारको साँझ साढे ५ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा मेनफिस्ट न. एएमएस एपी ३२१ मा जुत्ता, पाइन्ट, साडी लगायतका कपडाहरु भएको कार्गो बाकसबाट ठूलो मात्रामा सुनका गरहना बरामद भएका हुन् । कपडा भन्दै सुनका गहना अमेरिका पठाउन लागिएपछि दुई जनालाई पक्राउ गरिएको हो ।

यी सामानहरु युनिक कार्गो र एपेक्स लजिस्टिकमार्फत अमेरिका पठाउन लागिएको थियो । प्रहरी स्रोतका अनुसार यी सामानहरु भन्सार जाँचपास सेमत भएको थियो । भन्सार पास भएर आएपछि पनि एक्स–रे जाँचका क्रममा यी गरगहना फेला परेका हुन् ।

कपडा भनिएको बाक्साबाट २२ थान ठूलो नौगेडी, ४४ थान सानो नौगेडी, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल ब्रोच १८ थान, डलब ब्रोच १८ थान, शिरफुलो ठूलो ५ थान, शिरफुल सानो २ थान, नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी ब्रोचको आकार २३ थान, मंगलसुत्र १८ थान, मोतिमाला ३९ थान, रानिहार १ थान, त्रिशुल १ थान, नेक्लेस गोलावा ४ थान, नेक्लेस चारपाटे ९ थान, काँडावाला चुरा २६ थान, यार्लिङ सहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र सिक्री १ थान बराद भएको छ ।

प्रहरी स्रोतका अनुसार यी सामान जसको हो भनिएको छ ती व्यक्ति भने अहिले अमेरिका गइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?