+
+
Shares

पहिरो हटाएपछि मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा खुल्यो

सडक डिभिजन कार्यालय भरतपुरले अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १५:५०

१८ असार, काठमाडौं । बिहान सुख्खा पहिरोले अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । जलबिरेमा खसेको पहिरो डोजरले हटाएपछि भर्खरै दुवैतर्फको सडक सुचारू भएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरले अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको जानकारी दिएको छ ।

यसअघि पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । सडक सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यमा अगाडि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?