+
+
Shares

सीआईबीको नाममा कसले पठाउँदैछ अनधिकृत इमेल ?

अनुसन्धान गर्ने निकायमै नाम दुरुपयोग गर्दै इमेल पठाउने व्यक्तिको खोजी सुरु भएको छ । यद्यपी, यसरी म्यासेज पठाउने व्यक्तिको भने पहिचान हुन सकेको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १९:१५

१८ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नाम गर्दै विभिन्न व्यक्तिहरुलाई अनधिकृत म्यासेज पठाइएको खुलेको छ ।

सीआईबी प्रमुख डा. एआईजी मनोज केसी र सीआईबीको नाम जोड्दै विभिन्न व्यक्तिहरूलाई इमेल  पठाइएको सीआईबीले बताएको छ । यस्ता इमेलहरू सीआईबीले कसैलाई नपठाएको भन्दै त्यसमा विश्वास नगर्न भनिएको छ ।

अनुसन्धान गर्ने निकायमै नाम दुरुपयोग गर्दै इमेल पठाउने व्यक्तिको खोजी सुरु भएको छ । यद्यपी, यसरी म्यासेज पठाउने व्यक्तिको भने पहिचान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?