+
+
Shares

अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पास भएको सन्देश राष्ट्रिय सभा पुग्यो

राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरूबारेको सन्देश टेबल गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १९ गते १४:३९

१९ असार, काठमाडौं । अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधिसभाबाट पास भएको सन्देश राष्ट्रिय सभामा टेबल भएको छ ।

शुक्रबारको बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भएर गएका अध्यादेश प्रतिस्थापन विधेयक सहितका विधेयकहरूबारेको सन्देश टेबल गरेका हुन् ।

प्रतिनिधिसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको छ ।

यसबाहेक आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?