+
फिफा विश्वकप २०२६ :

आत्मघाती गोलमार्फत खेलमा फर्कियो अष्ट्रेलिया

२०८३ असार  २० गते १:०६ २०८३ असार २० गते १:०६

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा जारी खेलमा आत्मघाती गोलमार्फत अष्ट्रेलिया खेलमा फर्किएको हो ।

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले इजिप्टविरुद्ध खेलमा फर्किएको छ ।

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा जारी खेलमा इजिप्टकाे आत्मघाती गोलमार्फत अष्ट्रेलिया खेलमा फर्किएको हो ।

खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै गोलपोष्टमा छिर्दा अष्ट्रेलिया खेलमा फर्किएको हो ।

यसअघि १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टले पहिलो अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय