+
+
Shares

एनवाईईएफ जनकपुरको अध्यक्षमा नवीन शाह

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २० गते १४:१२

२० असार, जनकपुरधाम । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) जनकपुर शाखाको अध्यक्षमा नवीन शाह चयन भएका छन् । मञ्चको शुक्रबार भएको छैटौँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा दीपक शर्मा, द्वितीय उपाध्यक्षमा प्रियांशु शाह चयन भएका हुन् ।

सदस्यहरूमा सुमित गुप्ता, विशाल शाह, सञ्जु नायक, जयकुमार शाह, शिवरतन रौनियार, निखिल साह, युवराजकुमार शाह, कञ्चन गुप्ता र काजोल शर्मा चयन भएका छन् ।

अध्यक्षमा चयन भएका शाह युवा सञ्चार उद्यमी तथा व्यापार व्यवसायमा सक्रिय छन् । र्यक्रममा निवर्तमान अध्यक्ष राजीव रौनियारले नवनिर्वाचित अध्यक्ष शाहलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

पदभार ग्रहणपछि अध्यक्ष शाहले युवा उद्यमशीलताको विकास, नवउद्यम प्रवर्द्धन तथा उद्यमीहरूबीच सहकार्यको वातावरण सुदृढ बनाउने आफ्नो प्राथमिकता रहने बताए। उनले संस्थाको गरिमा र मूल्य–मान्यतालाई कायम राख्दै उद्यमशीलतामार्फत समाज र राष्ट्रको आर्थिक समृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

साधारणसभामा मञ्चको राष्ट्रिय शासी परिषद्का अध्यक्ष सुदीप घिमिरे प्रमुख अतिथि थिए । कार्यक्रममा जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी, मञ्चका सल्लाहकार डा. सोनु कुमार, कानुनी सल्लाहकार अधिवक्ता सुदीप कोइराला तथा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका प्रतिनिधि प्रदीप दत्त विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?