२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा एर्लिङ हालान्डको गोलमा नर्वेले ब्राजिल विरुद्ध अग्रता लिएको छ ।
अमेरिकाको न्यु योर्क न्यु जर्सी स्टेडियममा भइरहेको खेलमा हालान्डले ७९औं मिनेटमा गोल गर्दै नर्वेलाई १-० को अग्रता दिलाए ।
आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् ।
ब्राजिलले पहिलो हाफमा पेनाल्टी गुमाउँदा अग्रता लिने अवसर गुमाएको थियो । ब्राजिलका ब्रुनो गुमाइरेजले पहिलो हाफको सुरुमै पाएको पेनाल्टी मिस गरेका थिए ।
खेलको १४औं मिनेटमा ब्रुनोको पेनाल्टी प्रहार नर्वेका गोलकिपर ओर्यान नाएल्यन्डले बचाए ।
न्वेका क्रिस्टोफर अयरले विपक्षी खेलाडीमाथि पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले भिएआरको सहयोगमा ब्राजिललाई पेनाल्टी दिएका थिए । तर ब्रुनो गुमाइरेजको प्रहारलाई नाएल्यान्डले बचाए ।
पछिल्लो ४० वर्षमा विश्वकपमा पेनाल्टीमा गोल गर्न असफल हुने ब्रुनो ब्राजिलको पहिलो खेलाडी समेत बने । यसअघि सन् १९८६ मा ब्राजिलका जिकोले फ्रान्स विरुद्ध पेनाल्टी मिस गरेका थिए ।
नर्वेल ब्राजिलसँग अहिलेसम्म खेलेको चार खेलमा अपराजित छ भने सन् १९९८ मा भएको विश्वकपको एक मात्र भेटमा नर्वेले ब्राजिललाई २-१ ले पराजित गरेको थियो ।
प्रतिक्रिया 4