+

अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारको सन्यास घोषणा

२०८३ असार  २२ गते ५:१८ २०८३ असार २२ गते ५:१८

२२ असार, काठमाडौं । ब्राजिलियन फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ खेलमा ८० गोल गर्दै पुरुष राष्ट्रिय टोलीको इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करियर टुंग्याएका हुन् ।

पराजयपछि भावुक बनेका नेयमारले भने, ‘मैले प्रयास गरें, धेरै प्रयास गरें । मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो । अब सबै सकियो ।’

सन् २०१० मा ब्राजिलबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका नेयमारले चारवटा फिफा विश्वकप खेले । उनले दुई ओलम्पिकमा पनि सहभागिता जनाउँदै २०१२ मा रजत तथा २०१६ मा ब्राजिललाई स्वर्ण पदक जिताएका थिए ।

विश्वकप २०२६ मा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरेका नेयमारले राउन्ड अफ १६ मा नर्वेविरुद्ध इन्जुरी समयमा पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए ।

ब्राजिललाई स्तब्ध पार्दै क्वार्टरफाइनल पुगेको नर्वेले अब हुने मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

नेयमार फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय