२२ असार, काठमाडौं । दुग्घ विकास संस्थानमा मेसिन खरिद गर्दा १ करोड १७ लाख घोटाला भएको विषय संसद्मा उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले यो विषय प्रतिनिधिसभामा उठाएका हुन् ।
अर्थ मन्त्रालयले दुग्घ विकास संस्थानभित्र भएको अनियमितताको विषयमा छानबिन गर्न १६ वैशाख २०८१ मा समिति नै गठन गरेको थियो । उक्त समितिले १६ जेठमा प्रतिवेदन दिएको थियो ।
‘त्यो प्रतिवेदनले १ करोड १७ लाख रुपैयाँ मेसिन औजार खरिदमा घोटाला भएको भनेर प्रतिवेदन दिएको छ । त्यो प्रतिवेदन कुन सोकेसमा छ ? कहिले बाहिर निस्कन्छ ?’ सांसद चौलागाईंले भने ।
साथै दूध किसानले कहिले भुक्तानी पाउँछन् भन्ने पनि उनको प्रश्न छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4