+
+
Shares

कमेडी दरबारको फिल्म ‘ककाकिकी’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १३:४९

काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’ले निर्माण गरेको फिल्म ‘ककाकिकी’को पहिलो टिजर युट्बुबमा सार्वजनिक गरिएको छ । यो पहिलो झलकले कथावस्तु र चरित्रबारे संक्षिप्त प्रकाश पार्छ ।

केही गाउँले डाँडामा बसेर योजना बनाइरहेका हुन्छन् । उनीहरूको गफगाफसँगै टिजर सुरु हुन्छ ।

टिजरमा एक पात्र भन्छिन्- गाउँको लागी यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होला है ? अर्की पात्र भन्छिन्– सालिक त बनाउलान् नि हरामीहरूले । अर्की पात्र भन्छिन्- अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिक ?

टिजर सार्वजनिक भएसँगै प्रचारप्रसार कार्य सुरु भएको आयोजित पत्रकार भेटघाटमा निर्देशक बिक्की अग्रवालले बताए । उनी भन्छन्, ‘राम्रो फिल्म बनाउने कोशिश गरेका छौं । बाँकी दर्शकको हातमा छ ।’

अग्रवालले श्रद्धा प्रसाईंको सहकार्यमा निर्देशन गरेकी हुन् । फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दीया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुनमगर, पवन खतिवडा लगायतको अभिनय छ ।

साथै, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटाको पनि अभिनय छ ।

पटकथा लेखन निर्देशक अग्रवालसँगै सरोज भण्डारी र बिकास अर्यालले गरेका हुन् । निर्माता श्रद्धा प्रसाइँ र सुमित्रा थापा हुन् । यो फिल्म १९ भदौदेखि प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?