काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (साम्पाङ)ले चर्चित भारतीय अभिनेता प्रभासको निधन भएको भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाएका छन् ।
आइतबार बेलुका उनले प्रभासलाई श्रद्धाञ्जली दिएका थिए । कुनै तथ्य जाँच बिना उनले यो हल्ला फैलाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ता र अभिनेताका प्रशंसकले राईको आलोचना गरेका थिए ।
आइतबार रातिको उक्त पोस्ट उनले सोमबार बिहान डिलेट गरेका छन् । त्यतिबेलासम्म त्यो पोस्टमा हजारौं लाइक, कमेन्ट थियो । साथै, सयौंले सेयर समेत गरेका थिए ।
राईले अंग्रेजी भाषामा लेखेका थिए, ‘रेस्ट इन पिस, प्रभास । यू वेर अ ग्रेट एक्टर ।’ राईको उक्त कमेन्ट्मा सयौंले अल्पज्ञान खतरनाक हुन्छ भन्दै टिप्पणी गरेका थिए भने कतिपयले जिम्मेवार जनप्रतिनिधिले यस्तो पोस्ट गर्न नहुने भन्दै सुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4