+
+
Shares

पुरानो प्रणालीका कारण प्राविधिक समस्या हुने गरेको छ : यातायात विभाग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १७:२२

२२ असार, काठमाडौं । यातायात व्यवस्था विभागले पुराना प्रणालीका कारण प्राविधिक समस्या आउने गरेको भन्दै सेवाग्राहीसँग क्षमा मागेको छ ।

सोमबार सेवा प्रवाह तथा प्रणालीसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै विभागले एक दशक पुराना प्रणालीलाई निरन्तर परिमार्जन गरिरहेको समेत स्पष्ट पारेको छ ।

विभागले सवारी चालक अनुमतिपत्र सम्बन्धी प्राविधिक समस्या (विवरण संशोधन, वर्ग खारेजी लगायत अनुसूचीमा समावेश भएका लाइसेन्स सम्बन्धी) समाधान सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट हुने जनाएको छ ।

क्षेत्राधिकारबारे जानकारी गराउँदै विभागले संघीय सरकार मातहत अन्तर प्रदेश यातायात व्यवस्थापन, सवारी दर्ता र इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स प्रणालीको केन्द्रीय व्यवस्थापनका लागि ६ वटा परीक्षण कार्यालय मात्र विभाग मातहत रहने स्पष्ट पारेको छ ।

प्रदेश सरकारमार्फत सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता सम्बन्धी सबै काम, नवीकरण, जरिबाना, छुट, कर समायोजन/मिलान जस्ता सेवा प्रवाहको पूर्ण जिम्मेवारी रहेको विभागको भनाइ छ ।

ड्राइभिङ लाइसेन्स प्रणालीमा आउने एमपीआईएन एउटा मोबाइल नम्बरमा एक मात्र उपलब्ध हुने समेत विभागले जनाएको छ । एक पटक सिर्जना भएपछि पुनः नयाँ पिन सिर्जना नहुने र यदि एमपीआईएन बिर्सिएमा नजिकको यातायात कार्यालयमा सम्पर्कमा जान समेत विभागले भनेको छ ।

सवारी चालक अनुमति पत्र छपाइ सम्बन्धमा स्पष्टीकरण दिँदै विभागले अधिकांश चालक अनुमति पत्र छपाइ गरी सम्बन्धित यातायात कार्यालयमा हुलाक मार्फत पठाइएको बताएको छ ।

बाँकी रहेका लाइसेन्स यथाशीघ्र पठाइने सूचनामा उल्लेख छ । सवारी तथा लाइसेन्स नवीकरण, जरिबाना, छुट र कर समायोजन/मिलनलगायत सेवा प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकाले सो सम्बन्धी बुझ्न सम्बन्धित प्रदेशको यातायात मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?