+
+
Shares

धुलिखेल-खावा सडकको निर्माण रोकियो, यातायात चौबिसै घण्टा खुला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २२ गते १७:३९

२२ असार, काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा रातको समयमा यातायातमा लगाइएको रोक खुला गरिएको छ ।

वर्षाका कारण निर्माणको काम प्रभावित भएसँगै यातायातका साधन बन्द गर्ने निर्णय फिर्ता लिइएको सडक डिभिजन भक्तपुरले जानकारी दिएको छ ।

यसअघि सडक निर्माणको प्रयोजनका लागि असार २२ देखि ४ साउनसम्म रातको समय (बेलुका ७ बजेदेखि बिहान ५ बजे) टिपर तथा ट्रक र यात्रुबाहक, मालबाहक सवारी साधनमा रोक लगाउने निर्णय गरिएको थियो ।

तर, अहिले लगातार वर्षा हुँदा निर्माणको काम प्रभावित भएको भन्दै यातायात पुनः सञ्चालन गरिएको डिभिजनका प्रमुख इ. योगेश ढकालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?