२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियम अमेरिका विरुद्ध एक गोलले अघि छ ।
अमेरिकाको सियाटल स्टेडियममा पहिलो हाफको खेल सकिंदा बेल्जियमले घरेलु टोली विरुद्ध २–१ ले अग्रता लिएको हो ।
खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।
३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिक मार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।
त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पुर्याए ।
प्रतिक्रिया 4