+
+
Shares

कैलालीमा हिरासतबाट थुनुवा भागे, डिउटीमा खटिएका प्रहरी जवान निलम्बित

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १०:३३

२३ असार, धनगढी । कैलालीमा प्रहरी हिरासतबाट थुनुवा भागेका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतबाट लागुऔषध मुद्दाका थुनुवा भागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर नगरपालिका-१ का ३१ वर्षीय संजय नगार्जी हिरासतबाट भागेको जानकारी दिए ।

उनकाअनुसार नगार्जीको खोजी भइरहे पनि अहिलेसम्म फेला परेका छैनन् ।

घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा समिति गठन गरिएको छ । पाँच सदस्यीय समितिले यसबारे छानबिन गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

थुनुवा भाग्ने बेला डिउटीमा रहेका प्रहरी जवान लली भण्डारीलाई निलम्बन गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?