काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’ का लागि ४२ प्रतियोगी छानिएका छन् । छनोट चरणको विभिन्न अडिसनबाट २६ महिला र १६ पुरुष मोडलसहित ४२ प्रतियोगी फाइनलका लागि छानिएका हुन् ।
प्रतियोगिताको यो १० औं सिजन हो । छनोट भएकाहरू अहिले एक महिनाको प्रशिक्षणसहित फिनालको तयारीमा छन् । उनीहरूलाई व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्यांग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ ।
विजेताले सेप्टेम्बरमा कम्बोडियामा आयोजना हुने ‘मिस एण्ड मिष्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत १० वर्षदेखि नियमित आयोजना हुँदै आएको अध्यक्ष धमलाले बताए ।
फिनाले २४ जुलाई अर्थात साउन ८ गते आयोजना हुनेछ ।
प्रतिक्रिया 4