+
+
Shares

जिल्ला–जिल्ला पुगेर अनुगमन गरिरहेको छु, सुझावका आधारमा काम गर्छु : गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले फिल्डको अनुभव र स्थानीय सुझावका आधारमा निरन्तर सुधार कार्य अगाडि बढाउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १६:१८

२२ असार, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले फिल्डको अनुभव र स्थानीय सुझावका आधारमा निरन्तर सुधार कार्य अगाडि बढाउने बताएका छन् । मंगलबार राष्ट्रियसभामा बोल्दै गृहमन्त्री गुरुङले सीमा समस्या, तस्करी लगायतका विषयमा सुधारका लागि आफू जिल्ला जिल्ला पुगेर अनुगमनमा रहेको पनि उनले बताएका हुन् ।

‘कि गृह प्रशासनले अब अबको यात्रा कागजी आश्वासन को भाषण होइन जनता जनताले भुइँ तहमा प्रत्यक्ष अनुभूत गर्ने सुरक्षा सुशासन र निष्पक्षताको ठोस रिजल्ट देखिनेछ’, उनले भने, ‘यस कार्यको लागि म आफैं जिल्लामा गई अनुगमन गरिरहेको छु । यसबाट प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्य अगाडि बढाउने छु ।’

राष्ट्रिय सभामा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी प्रत्येक नागरिकको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य दायित्व रहेको उनले बताए । उनले भने, ‘मानव अधिकार र कानूनी राज्यको भावना अनुसार गृह प्रशासनलाई केवल ट्रेडिशनल सिक्युरिटी एजेन्सी मा मात्र सीमित नराखी यसलाई दिगो शान्ति विकास सुशासन र समृद्धिको आधारको रुपमा अगाडि बढाउन हाम्रो सङ्कल्प सङ्कल्प छ ।’

जाजरकोटलगायतका स्थानमा भूकम्पको पुनर्निर्माण बजेट सम्बन्धमा भूकम्प तथा मानसुनजन्य विपद् प्रभावित घर परिवारको आवास पुनर्निर्माणमा सरकारले उच्च प्राथमिकता दिइरहेको उनले बताए ।

आगामी वर्ष आगामी वर्षका लागि समेत जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत व्यवस्थापन गरिएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?