+
+
Shares

सुदूरपश्चिमको बजेट २३ दिनपछि प्रदेश सभामा टेबल, छैन छलफलको सुरसार

जनक विष्ट जनक विष्ट
२०८३ असार २३ गते १७:०२

२३ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट सम्बन्धी विद्येयक २३ दिनपछि प्रदेश सभामा टेबल गरिएको छ ।

१ असारमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले प्रदेश सभामा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत गरेपछि मंगलबार बसेको प्रदेश सभाको बैठकमा बजेटसँग सम्बन्धीत विद्येयक सभामा टेबल गरिएको छ ।

धामीले राजश्व र व्ययको वार्षिक अनुमान, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सभामा टेबल गरे ।

विद्येयक टेबल भएपनि मंगलबारको बैठकमा त्यससम्बन्धी थप कारवाही अघि बढेको छैन ।

विद्येयक पेश भएपछि सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् । प्रदेश सरकारले ल्याएको बजेटबारे सत्तारुढ दल नेपाली कांग्रेस र एमालेमै असन्तुष्टि छ भने प्रमुख विपक्षी नेकपाले सबै बल प्रयोग गरेर बजेट पारित हुन नदिने अडान लिएको छ ।

एमाले प्रदेश संसदीय दलले भने बजेट संशोधनका लागि प्रस्ताव नै प्रदेश सभामा दर्ता गर्ने निर्णय गरेको थियो । तर प्राविधिक रुपमा संशोधन प्रस्ताव दर्ता गर्न नमिल्ने भएपछि एमालेले सभामा खर्च कटौतीको प्रस्ताव लगेर बजेट फेल गर्ने योजना बनाइरहेको चर्चा छ ।

सत्तारुढ दल नै बजेट फेल गर्ने पक्षमा उभिएपछि मुख्यमन्त्री कमलबहादुर शाह र अर्थमन्त्री विक्रम सिंह धामी दबाबमा परेका छन् । उनीहरू अहिलेकै बजेटलाई निरन्तरता दिनेगरी सघन छलफल चलाइरहेका छन् ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?