+
+
Shares

सरकारले ल्याएको अध्यादेशका कारण यस वर्ष नहुने भयो ‘ललितकला प्रदर्शनी’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २३ गते १७:५५

२३ असार, काठमाडौं । नेपाली ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ यस वर्ष नहुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आज एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित सबै प्राज्ञपरिषद सदस्यको पद खाली भएको र नयाँ नियुक्ति नभएकाले यस वर्ष प्रदर्शनी नहुने भएको सूचनामा भनिएको छ । यसको मुख्य कारण नयाँ सरकार बनेपछि यसले ल्याएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश हो ।

सो अध्यादेशका कारण प्रतिष्ठानका पदाधिकारीहरू गत वैशाखमै पदमुक्त भएका थिए । जेठ १५ गतेदेखि सञ्चालन हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ अर्को सूचना नआएसम्मका लागि भनी यसअघि नै स्थगित गरिएको थियो ।

तर चालु आर्थिक वर्ष सकिन लाग्दासमेत पदाधिकारीहरू नियुक्त नभएकाले यस वर्षको प्रदर्शनी सञ्चालन गर्न सकिने अवस्था भएको प्रतिष्ठानले जनाएको छ ।

यससँगै प्रतिष्ठानले कलाकारहरूलाई आ-आफ्ना कलाकृतिहरू फिर्ता लिनसमेत आग्रह गरेको छ । ललितकला क्षेत्रका व्यक्तिहरूले भने यो प्रदर्शनी नहुनु दु:खको भएको बताएका छन् ।

बालेन सरकारले २०८३ वैशाख १९ गते उक्त अध्यादेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?