+
फिफा विश्वकप २०२६ :

खेलअघि इजिप्टका प्रशिक्षक भन्छन्ः तिनीहरूसँग महान् मेसी छन्

२०८३ असार  २३ गते २०:२९ २०८३ असार २३ गते २०:२९

उक्त खेल इजिप्टका लागि प्रमाणित गर्ने अवसर भएको प्रशिक्षक हसनले बताएका हुन ।

२३ असार, काठमाडौं । अर्जेन्टिनासँगको खेलअघि इजिप्टका प्रशिक्षक होसाम हसनले आफूलाई प्रमाणित गर्ने एउटा उत्कृष्ट अवसर भएको बताएका हुन् ।

फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इजिप्टले मंगलबार राति साविक विजेता अर्जेन्टिनासँग खेल्दैछ ।

उक्त खेल इजिप्टका लागि प्रमाणित गर्ने अवसर भएको प्रशिक्षक हसनले बताएका हुन । ‘यो विश्वकप हो । आफूलाई प्रमाणित गर्ने र हामी यहीँका हकदार हौं भनेर देखाउने यो एउटा उत्कृष्ट अवसर हो,’ उनले भने ।

प्रशिक्षक हसनले अर्जेन्टिनासँग महान् खेलाडी मेसी रहेको उल्लेख गरे ।

‘अर्जेन्टिनासँग उत्कृष्ट खेलाडीहरू छन् । अवश्य पनि तिनीहरूसँग महान् मेसी छन्, तर हामी उनीहरूको सम्पूर्ण टोलीको सम्मान गर्छाैं । यो फुटबल हो र हामी आफ्नो प्रतिद्वन्द्वीको अनादर गर्न सक्दैनौं,’ उनले भने, ‘मैले मेरा खेलाडीहरूसँग काम गरिरहेको छु र विपक्षीको जर्सीकाे रङ, उनीहरूको नाम वा र्‍याङ्किङ जस्तोसुकै भए पनि उनीहरूलाई तयार पारिरहेको छु ।’

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय