+
फिफा विश्वकप २०२६ :

इजिप्ट २-० ले अघि

२०८३ असार  २३ गते २३:२३ २०८३ असार २३ गते २३:२३

अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको ६७औं मिनेटमा दोस्रो गोल गर्दै इजिप्टले अग्रता दोब्बर बनाएको हो ।

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध दुई गोलले अग्रता लिएको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको ६७औं मिनेटमा दोस्रो गोल गर्दै इजिप्टले अग्रता दोब्बर बनाएको हो ।

हाइसेम हसनको पासमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टको अग्रता दोब्बर बनाए ।

त्यसअघि खेलको १५औं मिनेटमा इजिप्टका यासर इब्राहिमले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

फिफा विश्वकप फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय