+
+
Shares

विमलेन्द्रको प्रस्ताव- पार्टीमा मेलमिलाप नभए हामीले छुट्टै महाधिवेशन गर्नुपर्छ

‘राष्ट्रिय भेलाअघि दुईवटा कुराको टुंगो लाग्न जरुरी छ । पहिलो–हामीमध्ये कसले नेतृत्व गर्ने । दोस्रो–हामी भएनौं भने युवाबाट कसले नेतृत्व गर्ने । म दुवै कुरामा सहमत छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २४ गते १८:२८

२४ असार, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा मेलमिलाप नभए संस्थापन इतर पक्षले आफै १५ औं महाधिवेशन गर्नुपर्ने बताएका छन् । चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार चलिरहेको इतर पक्षको बैठकमा बोल्दै निधिले यस्तो प्रस्ताव राखेका हुन् ।

‘पार्टीमा मेलमिलाप भएन भने राष्ट्रिय भेलापछि हामीले १५ औँ महाधिवेशन गर्नुपर्छ,’ नेता निधिले भने, ‘राष्ट्रिय भेलाअघि दुईवटा कुराको टुंगो लाग्न जरुरी छ । पहिलो–हामीमध्ये कसले नेतृत्व गर्ने । दोस्रो–हामी भएनौं भने युवाबाट कसले नेतृत्व गर्ने ।’

दुवै कुरामा आफू तयार रहेको उनले बताए ।  ‘म दुवै कुरामा सहमत छु । हामीमध्ये कसैले नेतृत्व लिनुपर्छ भने पनि तयार छु । हामी बाहेक कोही अर्को व्यक्तिले नेतृत्व लिनुहुन्छ भने पनि तयार छु,’ उनले भने ।

जारी बैठकबाटै राष्ट्रिय भेलाको मिति तोकिनुपर्नेदेखि नयाँ दल खोलेर अघि बढ्नुपर्ने विषय उठ्दैआएको पनि उनले स्मरण गराए । उनले अगाडि भने, ‘राष्ट्रिय भेलाको मिति हामी छलफल गरेर तपाईँहरूलाई खबर गरौंला । तर, भेलाको तयारी व्यापक हुनुपर्छ ।’

६ साउन गते प्रतिनिधिले खटिएको क्षेत्रमा बीपी स्मृति दिवस मनाउन उनले आग्रह गरे । ‘त्यसपछि एक हप्ता क्षेत्रमै बस्नुहोला । बसाइका क्रममा राष्ट्रिय भेलाको तयारी गर्नुहोला,’ इतर पक्षीय नेतासँग उनले भने, ‘प्रतिनिधि जानलाई १६५ जना तयार हुनुपर्छ । चुनदेवीको सन्देश क्षेत्रमा जानु महत्वपूर्ण कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?