+
+
Shares

ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ एआई मोडल ‘जीपीटी-लाइभ’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १७:१४

एआई कम्पनी ओपनएआईले वास्तविक समयमा एकैसाथ सुन्न र बोल्न सक्ने क्षमता भएको आवाजमा आधारित नयाँ मोडल ‘जीपीटी-लाइभ’ सार्वजनिक गरेको छ।

आईपीओको तयारीमा रहेको यस एआई स्टार्टअपले बुधबार विश्वभरका प्रयोगकर्ताहरूका लागि जीपीटी-लाइभका दुई संस्करणहरू जीपीटी-लाइभ-१ र जीपीटी-लाइभ-१ मिनी उपलब्ध गराउने घोषणा गरेको हो।

यसअघि गत मे महिनामा पनि ओपनएआईले आफ्नो डेभलपर प्लेटफर्मका लागि तीनवटा अडियो मोडलहरू ल्याएको थियो । जसको मुख्य उद्देश्य आवाजमा आधारित सफ्टवेयर एजेन्टहरूलाई अझ बढी संवादात्मक बनाउनु र तोकिएका कार्यहरू पूरा गर्न सक्षम तुल्याउनु थियो।

सोही प्रविधिलाई थप परिष्कृत गर्दै कम्पनीले अहिले प्रयोगकर्तासँग तत्कालै दोहोरो कुराकानी गर्न सक्ने यो नयाँ एआई मोडल ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?