+
+
Shares

किसानको आँशुको व्यापार नगर्न सरकारलाई रास्वपा सांसदको सुझाव

उनले भनिन्, ‘किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रस्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्त्वपूर्ण नबनोस् ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १४:२३

२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बिउ दिन नसक्दा आफूहरूले लाचार महसुस गर्नुपरेको बताएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हनहनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानका पीडा सुनेर सरकारको मन किन दुख्दैन ? भन्दै प्रश्न गरिन् ।

उनले किसान मल मिलाइदिनु भन्ने तर सरकार गोदाममा मल छ भनिरहने गरेको सुनाइन् । किसानको आँशुको व्यापार नगर्न पनि सरकारलाई उनले सचेत गराइन् ।

उनले भनिन्, ‘हनहनी ज्वरो आउँदा समेत सिटामोल भन्दा पहिले मल चाहियो भन्दै रुने किसानको पीडा सुन्दा सरकारको मुटु किन दुख्दैन सभामुख महोदय ? हाम्रा अन्नदाताहरू भनिरहेका छन् बरु ज्वरो सहौंला, रोग सहौंला तर भोक र खेतको खडेरी सहँदैनौं । जति मूल्य पनि तिर्न तयार छौँ तर मल मिलाइदेऊ सरकार । सरकार भन्छ गोदाममा मल छ तर किसान सोध्छन् त्यो मल खेतमा किन छैन ? यो त किसानको आँशुको व्यापार गरेको जस्तो भएन र सभामुख महोदय ?’

मल समेत दिन नसक्ने तिमीहरूलाई जिताएर के भयो भन्दै किसानहरूले दैनिक सयौं फोन गर्दा पीडा भइरहेको उनको गुनासो थियो ।

उनले भनिन्, ‘किसानलाई चाहिने मल पनि दिन नसक्दा लाचार महसुस भएको छ सभामुख महोदय । सरकारले तत्काल अन्नदाता किसानहरूसँग क्षमा याचना गरोस्, सत्य तथ्य बताइ विकल्प र राहत प्रस्तुत गरोस् । कृषि प्रधान भनिने देशका किसानका लागि सिटामोल भन्दा रासायनिक मल महत्त्वपूर्ण नबनोस् ।’

सांसद कठरियाले किसानले बिरामी पर्दा समेत सिटामोलभन्दा पहिले मलको माग गरिरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?