+
+
Shares

सप्तरीबाट ६ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते ८:२६

२५ असार, सप्तरी । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेका अनुसार फैसला कार्यान्वयनका क्रममा इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले सप्तरी जिल्ला अदालत, राजविराजबाट डाँका मुद्दामा ६ वर्ष कैद र ७२ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी नारायण साह तेली भन्ने भूप नारायण साह  लाई पक्राउ गरेको हो।

साविक टिकुलिया गाविस–२, हाल खडक नगरपालिका–५ निवासी साहलाई खोजतलासका क्रममा फेला पारी मिति २०८३ असार २५ गते सप्तरी जिल्ला अदालत, राजविराजमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

अदालतको आदेशपछि उनलाई कैद सजाय भुक्तानका लागि कारागार कार्यालय राजविराज सप्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?