News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को सेमिफाइनल प्रवेशका लागि आज राति पौने एक बजे स्पेन र बेल्जियम लस एन्जलसमा आमनेसामने हुँदैछन् ।
- जारी विश्वकपमा अपराजित रहँदै क्वार्टरफाइनल पुगेको स्पेनले अहिलेसम्म कुनै पनि गोल बेहोरेको छैन ।
- बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले यस विश्वकपमा तीन गोल गर्दै डिएगो म्याराडोना, रुडी भोलर र रिभाल्डोको गोल संख्या बराबरी गरेका छन् ।
२६ असार, काठमाडौं । स्पेन र बेल्जियम फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने उद्देश्यका साथ लस एन्जलसमा आमनेसामने हुँदैछन् । अपराजित रहँदै क्वार्टरफाइनल पुगेका यी दुई टोलीबिचको खेल राति पौने एक बजेबाट सुरु हुनेछ ।
राउन्ड अफ ३२ मा अष्ट्रियालाई ३–० को सहज जित निकालेको स्पेनले राउन्ड अफ १६ मा पोर्चुगलमाथि १–० को कठिन जित दर्ता गरेको थियो । प्रशिक्षक रुडी गर्सियाको टोली बेल्जियमले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्न सकेको थिएन । त्यसपछि अन्तिम ३२ को खेलमा सेनेगलविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अतिरिक्त समयमा ३–२ को जित दर्ता गर्यो ।
सेनेगलविरुद्ध २–० ले पछि परेको बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकालेको थियो । त्यसलगत्तै मंगलबार भएको अन्तिम १६ को खेलमा बेल्जियमले सह–आयोजक अमेरिकालाई ४–१ को फराकिलो अन्तरले पाखा लगायो ।
बेल्जियमको गोल्डेन जेनेरेसनका बाँकी रहेका भेट्रान खेलाडीहरूको सम्भवतः अन्तिम बिदाइ खेल जस्तै हो । प्रशिक्षक रुडी गर्सिया अझै पनि पुराना अनुभवी खेलाडीहरूमाथि भर परेका छन् । मिडफिल्डमा रचनात्मक खेलका लागि केभिन डे ब्रुइना, रक्षापंक्तिको बलियो खम्बाका रूपमा थिबौ कोर्टुवा र यस प्रतियोगितामा विश्वकप इतिहासकै उत्कृष्ट गोलकर्ताहरूको सूचीमा सामेल भइसकेका रोमेलु लुकाकु छन् ।
उत्तर अमेरिकामा लुकाकुले गरेका तीन गोलले उनलाई विश्वकपमा कुल ८ गोलसहित डिएगो म्याराडोना, रुडी भोलर र रिभाल्डोको बराबरीमा पुर्याएका छन् ।

बेल्जियमले पछिल्ला ३ खेलमा १२ गोल गरिसकेको छ । बेल्जियमको अग्रपंक्ति फर्ममा देखिए पनि स्पेनको डिफेन्सलाई तोड्न सहज हुने छैन । लुइस डे ला फुएन्टेको प्रशिक्षणमा रहेको स्पेन जारी विश्वकपमा एक गोल पनि नखाने टोली हो । विश्वकपका ५ वटै खेलमा स्पेनले कुनै पनि गोल बेहोरेको छैन । बेल्जियमले ५ गोल खाइसकेको छ ।
मिडफिल्डका मुख्य खम्बा रोड्री, पेड्री र डानी ओल्मो तथा युवा स्टाइकर लामिन यमाल सम्मिलित २०१० को विश्वकप विजेता स्पेनका लागि बेल्जियमविरुद्धको यो खेल आफ्नो नयाँ पुस्ता इतिहास दोहोर्याउन पूर्ण रूपमा तयार छ भनी प्रमाणित गर्ने अवसर हो ।
यमाल पूर्ण फिट नभए पनि उनले अघिल्ला खेलहरुमा आफुलाई प्रमाणित गरिसकेका छन् । सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको थियो ।
सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने बेल्जियम समूह चरणबाट बाहिरिएको थियो ।

सन् २०१६ सेप्टेम्बरमा भएको मैत्रीपूर्ण खेलमा डेभिड सिल्भाको दुई गोलको मद्दतले स्पेनले बेल्जियमलाई २–० ले हराएयता यी दुई टोलीबीच भेट भएको छैन ।
त्यसअघि सन् १९८० को युरोपेली च्याम्पियनसिपमा २–१ ले पराजित भएयता स्पेनले बेल्जियमसँगका पछिल्ला ११ खेलमा हार बेहोरेको छैन । पछिल्ला ५ खेलमा स्पेनले १३ गोल गर्दा बेल्जियमले मात्र एक गोल गरेको छ ।
विश्वकपमा यी दुई टोलीबीचको यो तेस्रो भेट हो । सन् १९८६ को क्वाटरफाइनलमा निर्धारित समयमा १–१ को बराबरीपछि बेल्जियम पेनाल्टीमा जित निकाल्दै अगाडि बढेको थियो । त्यसको चार वर्षपछि समूह चरणमा स्पेन २–१ ले विजयी भएको थियो ।
प्रतिक्रिया 4