+
+
Shares

यो सरकार राष्ट्र जलाएर आएको राक्षसी सरकार हो : सांसद बिष्ट

सांसद नरबहादुर बिष्टले बालेन शाह नेतृत्वको सरकारलाई राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद नरबहादुर बिष्टले वर्तमान सरकारलाई सुकुम्वासी र गरिबमारा भन्दै राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन्।
  • राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिष्टले मुगुका गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन्।
  • प्रहरी डीएसपी प्रशन्नराज चौधरीलाई जिल्ला तानिएको विषयमा आपत्ति जनाउँदै उनले सरकारका विरुद्ध नेपाली जनता धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

२६ असार, काठमाडौं । सांसद नरबहादुर बिष्टले बालेन शाह नेतृत्वको सरकारलाई राष्ट्र जलाएर आएको राक्षसी सरकारको संज्ञा दिएका छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारमाथि यस्तो टिप्पणी गरेका हुन् ।

‘यो सरकार सुकुमवासी, दलित, भूमिहिन, मधेसी, मुस्लिम, गरिबमारा सरकार । यो राष्ट्र जलाएर आएको राक्षसी सरकार हो जस्तो लाग्छ मलाई,’ सांसद बिष्टले भने ।

सरकारले जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गरिरहेको पनि आरोप लगाए । ‘यसले राष्ट्रको सम्पत्ति जलायो, देशको इतिहास जलायो, आज त्यो इतिहासको नाममा कालो चश्मा र कालो कोट लगाएर फेरि एकचोटि नेपाली जनतालाई बाध्य पार्ने परिस्थिति सिर्जना गर्दैछ,’ उनले भने, ‘त्यसैले म यो सरकारको घोर भत्र्सना गर्न चाहन्छु ।’

सांसद बिष्टले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाको निष्पक्ष छानबिन गर्न र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि माग गरे । उनले कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयका डीएसपी प्रशन्नराज चौधरीलाई जिल्ला तानिएको विषयमा पनि आपत्ति जनाए ।

‘एउटा डीएसपी चौधरीले म नेपाल सरकारको प्रहरी हुँ भन्न नपाउने ? म बालेनको प्रहरी होइन, नेपाल प्रहरी हुँ भन्दा उसलाई जिल्लामा झिकाइन्छ,’ बिष्टले भने, ‘यस्ता अत्याचारी क्रुर शासकका विरुद्धमा नपाली जनता पर्खेर धेरै बस्न सक्दैनन् जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?