+
+
Shares

सुधन गुरुङलाई ज्ञानबहादुर शाहीको प्रश्न- तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले मुगुका गणेश नेपालीको घटनामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै आपत्ति जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकमा राप्रपा सांसद ज्ञानबहादुर शाहीले मुगुका गणेश नेपालीको उपचारका विषयमा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
  • सांसद शाहीले गृहमन्त्रीलाई लक्षित गर्दै 'तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?' भनी प्रश्न गर्नुका साथै लाइक र भ्युजका पछि नलाग्न सुझाव दिनुभएको छ ।
  • 'गृहमन्त्रीले चटक देखाउने होइन, वास्तविक गृहमन्त्री बन्नुहोस्' भन्दै शाहीले स्वास्थ्य उपचारको अधिकारमाथि प्रश्न उठाउनुभएको छ ।

२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले मुगुका गणेश नेपालीको घटनामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रश्न गरेका छन्- तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

उनले यदि साँच्चै विदेशमा लैजाने योजना बनाएको भए नेपालीको ज्यान बाँच्थ्यो कि भन्दै गृहमन्त्रीकै शैलीमा प्रश्न उठाएका हुन् । उनले लाइक र भ्युजको पछि लागेको भन्दै आपत्ति जनाएका छन् ।

‘यो शहरमा जसको खल्तीमा पैसा छ उसले बाँच्न पाउँछ’ उनले भने, ‘गृहमन्त्रीले चटक देखाउने होइन । वास्तविक गृहमन्त्री बन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?