+
+
Shares

गाँसबास दिन्छु भनेको सरकारले सुकुमवासीलाई आँशु दियो : सांसद शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद बलावती शर्माले होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई सरकारले गाँस र बास दिनुको साटो आँशु मात्र दिएको आरोप लगाइन् ।
  • उनले प्रतिनिधिसभा बैठकमा सरकारले खाना र पानी बन्द गरिदिँदा होल्डिङ सेन्टरका नागरिक बिचल्लीमा परेको उल्लेख गरिन् ।
  • गणेश नेपालीको आत्मदाह र होल्डिङ सेन्टरको दयनीय अवस्थाबारे प्रश्न गर्दै उनले गरिबका लागि यो देशमा बाँच्न कठिन रहेको दुःखेसो गरिन् ।

२६ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले आत्महत्याको चेतावनी दिइरहेका होल्डिङ सेन्टरका सुकुमवासीहरूलाई सरकारले बासगास होइन आँशु दिएको बताएकी छन् ।

सांसद शर्माले शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारले खाना र पानी बन्द गरेपछि होल्डिङ सेन्टरमा बस्नेहरू बिचल्लीमा परेको बताएकी हुन् ।

‘इन्द्र राईहरूले सुरुमै आत्महत्या गरे । बाँच्नेहरू पनि सरकारका कारणले कति जना मर्न बाध्य हुने हो ?,’ शर्माको प्रश्न छ ।

‘हिजो २५ वर्षीय गणेश नेपालीले आफ्नो हातमुख जोड्न पठाओको रुपमा प्रयोग गरेको बाइकमा ह्विल–लक गरी अनावश्यक जरिवाना मागेपछि गरिबलाई यो देशमा बाँच्न नपाइने रहेछ भनेर आत्मदाह गरे,’ शर्माले बैठकमा भनिन्, ‘होल्डिङ सेन्टरमा त्यस्तै अवस्था छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?