+
+
Shares

स्व. वासुदेव मुनालको ७७औँ जन्मजयन्तीमा नयाँ कृतिको आवरण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:०७

२६असार, काठमाडौं । स्वर्गीय वासुदेव मुनालको ७७औँ जन्मजयन्तीको स्मृतिमा उनीद्वारा लिखित संस्मरणात्मक कृति ‘आओ ! मेरा प्यारा भाइबहिनी हो ! रेडियो नजिक आओ !’ को आवरण आज सार्वजनिक गरिएको छ । लामो समय रेडियो नेपालमा बाल कार्यक्रम सञ्चालन गर्दा मुनालले त्यही भनाइबाट कार्यक्रमको सुभारम्भ गर्ने गरेका थिए ।

बुकहिल पब्लिकेसनद्वारा प्रकाशित हुन लागेको यस कृतिमा रेडियोसँग जोडिएका अविस्मरणीय अनुभव, बालकार्यक्रमका रोचक प्रसङ्ग, गीत–संगीतको यात्रा तथा लेखकको निजी जीवनका उतारचढाव समेटिएका छन्।

नेपाली रेडियो संस्कृतिको एक महत्त्वपूर्ण अध्यायलाई जीवन्त रूपमा प्रस्तुत गर्ने विश्वास लिइएको उक्त पुस्तक असोज १२ गते औपचारिक रूपमा सार्वजनिक प्रकाशकले जानकरा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?