+
+
Shares

सरकारले रोजगारी सृजना गर्ने कार्ययोजना ल्याउन सकेन : सांसद ओली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म रोजगारी सृजना गर्ने कार्ययोजना प्रस्तुत गर्न नसकेको भन्दै आलोचना गरेकी छिन्।
  • सांसद ओलीले सरकार गठनको सय दिन बित्दा पनि युवाहरूमा देशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन नसकेको बताइन्।
  • उनले राहदानी विभाग अगाडि एक युवाले गरेको आत्मदाहको घटनाले देशमा युवाहरू निराश हुनुको चरम सीमा देखाएको उल्लेख गरिन्।

२६ असार, काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सरकारले हालसम्म पनि रोजगारी अवसर सृजना गर्ने कार्ययोजना समेत प्रश्तुत गर्न नसकेको दाबी गरेकी छिन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै प्रमुख सचेतक ओलीले देशमा रोजगारीको अवसर सृजना गर्ने भन्ने बाँचाका साथ बनेको सरकारले सोही कार्य गर्नका लागि हालसम्म पनि कार्ययोजना नै ल्याउन नसक्ने बिडम्वनापूर्ण भएको पनि बताइन् ।

‘निर्वाचन अघि सत्ता पक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो । तर सरकार गठन भएको सय दिन वितिसक्दा सय जना युवा पनि रोजगारीको आशामा विदेशबाट फर्किएको देखिँदैन । किनभने सरकारले रोजगारी सृजना गर्ने कार्य योजना आजसम्म प्रश्तुत गर्न सकेको छैन । प्रश्न रोजगारी सृजनाको संख्याको मात्रै होइन, नेपालमा नै बस्न सकिन्छ भन्ने भावना सरकारले जगायो कि जगाएन ? भन्ने हो,’ सांसद ओलीले भनिन् ।

वर्तमान सरकारले युवाहरुलाई देशमा बसेर केही गर्ने वातावरण समेत बनाउन नसकेको गुनासो उनको थियो ।

गणेश नेपाली मृत्यु प्रकरणलाई उद्धृत गर्दै प्रमुख सचेतक ओलीले वर्तमान सरकारले युवाहरुलाई पनि देश भित्रै केही गर्न सकिन्छ भन्नेकुरामा आशा जगाउन नसकेको उनले बताइन् ।

‘हिजो भर्खरै एक जना युवाले राहदानी विभाग अगाडि आफैले आगो लगाएको घटना हामीमाझ ताजा छ । ती युवाले देशमा आफूले गरिखाने आशा देखेर आगो लगाए कि गरिखाने आशा नदेखेर ? मैले प्रश्न मैले सत्ता पक्षका सम्पूर्ण राख्न चाहँे । प्रधानमन्त्री, मन्त्री, सबै सत्तापक्षका सांसदहरुलाई पनि मेरो यो प्रश्न हो । रोजगारी सृजना गर्ने निजी क्षेत्रनै आज सबैभन्दा बढी निराश हुन पुगेको छ,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?