0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आयो : खुस्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १५:३५

२७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुस्बु ओलीले संसद्‌मा विषय उठाएकै कारण ज्यान मार्ने धम्की आएको बताएकी छन ।

९० प्रतिशत सनातनीहरू बसोबास गर्ने गरेकोले यसआधारमा आफूले नेपाल सनातन राज्य हुनुपर्ने भनेर संसद्‌मा राखेको बताइन् ।

‘नेपाल सनातन राज्य हुनुपर्ने भनेर मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित रुपमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, बलात्कार गर्ने धम्की, अक्रमण गर्ने धम्की सामाजिक सञ्जालबाट तेर्साइरहेको छ’ उनले भनिन् ।

यस्तो धम्की सबै सनातनीहरूमाथि रहेको उनले बताइन् । नेपालको गरिबीका कारण लोभ देखाएर धर्म परिवर्तन समेत गराउने गरिएको भनेर पनि उनले सरकारको ध्यानाकर्षण गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?