+
+
Shares

नागरिकले ज्यान गुमाउने अवस्था आउनु दु:खद : सांसद पराजुली

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारी नीति र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन्।
  • उपनेता पराजुलीले सरकारले बनाएका नीति र योजनाले नागरिकलाई राहत दिनुपर्नेमा जोड दिँदै त्यसबारे गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।
  • उनले सञ्चारकर्मी र जनप्रतिनिधि दुवैले नागरिकप्रति बढी जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

२६ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको नीति, योजना र कार्यक्रमका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दु:खद् भएको बताएका छन् ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता पराजुलीले सञ्चारकर्मी र जनप्रतिनिधि दुवै पक्ष थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।

सरकारले तर्जुमा गर्ने नीति र कार्यक्रमहरूले नागरिकलाई राहतको अनुभूति गराउनुपर्ने उल्लेख गर्दै यदि सरकारी नीतिकै कारण कसैले आत्महत्या वा मृत्युवरण गर्नुपर्ने परिस्थिति सृजना भएको हो भने त्यो विषयमा गम्भीर समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे ।

‘सरकारले बनाउने नीति, योजना र कार्यक्रमका कारण नागरिकले कम्तीमा राहतको सास फेर्न पाउनुपर्ने हो । तर यदि सरकारी नीतिका कारण नागरिकले मृत्युवरण गर्नुपरेको आरोप सही हो भने त्यसबारे गम्भीर भएर सोच्न आवश्यक छ,’ उनले भने ।

उनले सञ्चारकर्मी र जनप्रतिनिधि दुवैले समाज र नागरिकप्रति बढी जिम्मेवार भएर काम गर्नुपर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?