+

नेपाल र भारत ‘ए’ बीच कीर्तिपुरमा टी–२० शृङ्खला हुने

२०८३ असार  २६ गते १९:५७ २०८३ असार २६ गते १९:५७

त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० क्रिकेट सिरिज खेल्ने पक्का भएको छ ।
  • नेपाल क्रिकेट संघ क्यानले भारतको ‘ए’ टोलीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेको छ ।
  • दुवै टोलीबीच हुने टी–२० सिरिजले नेपाली क्रिकेट खेलाडीको स्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

२६ असार, काठमाडाै‌ । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको हो।

सिरिज आउदो डिसेम्बर ९ देखि १३ तारिखसम्म हुनेछ । पहिलो खेलमा डिसेम्बर ९, दोस्रो खेल डिसेम्बर ११ र तेस्रो खेल डिसेम्बर १३ मा हुनेछ ।

नेपाल र भारत ‘ए’ बीचको यो टी-२० श्रृंखलाले नेपाली क्रिकेटलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय