News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल क्रिकेट संघले नेपाल र भारत 'ए' टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने निर्णय गरेको छ।
- श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन् २०२६ डिसेम्बर ९, ११ र १३ मा सञ्चालन हुनेछ।
- यसअघि स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनमा क्यान र बीसीसीआईका पदाधिकारीबीचको बैठकबाट श्रृंखला आयोजना गर्ने सहमति भएको हो।
२६ असार, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल र भारत ‘ए’ टोलीबीच तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आयोजना गर्ने भएको छ ।
क्यानले जारी गरेको विज्ञप्तिअनुसार श्रृंखला कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा डिसेम्बर ९, ११ र १३, २०२६ मा हुनेछ ।
यो श्रृंखला आयोजना गर्ने निर्णय हालै स्कटल्यान्डमा सम्पन्न आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजीत साइकियाबीच भएको बैठकबाट भएको हो ।
नेपाल र भारत ‘ए’ बीचको यो टी-२० श्रृंखलाले नेपाली क्रिकेटलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
साथै, दुवै टोलीका खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि यसलाई हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4