+
+
Shares

ज्ञानेश्वरमा महालक्ष्मी विकास बैंकको कफी लाउन्ज सहित डिजिटल हब सञ्चालन

बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्ज सहित डिजिटल हब रहेको कार्यालय भवन उद्घाटन गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २६ गते १९:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको विशिष्ट डिजिटल हब सञ्चालनमा ल्याएको छ ।
  • बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले एक कार्यक्रमबीच उक्त डिजिटल हबको औपचारिक उद्घाटन गरे ।
  • डिजिटल बैंकिङ सेवालाई प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको यो हबमा ग्राहकले आरामदायी वातावरणमा वित्तीय कारोबार गर्न सक्नेछन् ।

२६ असार, काठमाडौं । महालक्ष्मी विकास बैंकले कफी लाउन्ज सहित डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा उक्त डिजिटल हबको औपचारिक उद्घाटन भएको हो ।

बैंक सञ्चालक समिति अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्ज सहित डिजिटल हब रहेको कार्यालय भवन उद्घाटन गरे ।

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत व्यवस्थापन समितिका पदाधिकारी र कर्मचारी उपस्थित थिए ।

डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको नीति निरन्तरता दिँदै बैंकिङ सेवामा नवीनतम अवधारणाका रूपमा कफी लाउन्जको सुविधा थपिएको बैंकले जनाएको छ ।

यसअन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरूको विशिष्ट अनुभव लिन सक्नेछन् ।

नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्ने महालक्ष्मी विकास बैंक सम्भवत: पहिलो बैंक रहेको बैंकको भनाइ छ ।

डिजिटल प्रविधि प्रयोगमा युवालाई आकर्षित गर्न तथा ग्राहकसम्म पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस डिजिटल हबमार्फत डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्श समेत प्रदान गरिने बैंकले बताएको छ ।

यसबाट यो स्थान ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको छ ।

साथै, नेपाल राष्ट्र बैंकको ‘रेगुलेटरी स्यान्डबक्स’ अवधारणा समेत अवलम्बन गरी भविष्यमा वित्तीय सेवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नयाँ वित्तीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?