News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
- मुख्यमन्त्री शाहले विपद्को जोखिम क्षेत्र पहिचान गरी उद्दार र राहतका कार्यक्रम तयारी अवस्थामा राख्न विभागीय मन्त्री तथा सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
- उनले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकार तथा सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको कुरा उल्लेख गरे ।
२७ असार, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।
प्रदेश विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा बोल्दै उनले विभागीय मन्त्री, सचिव तथा सुरक्षा निकायका प्रमुखहरूलाई विपद्को समयमा सजग र तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री शाहले सम्भावित जोखिम क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रमा समयमै सूचना प्रवाह, उद्दार तथा राहतका कार्यक्रम तयारी अवस्थामा राख्न निर्देशन दिए ।
विपद् व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, साझेदार संस्था, निजी क्षेत्र र तीनै तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको उनले उल्लेख गरे ।
आपतकालीन अवस्थामा प्रभावित क्षेत्रमा सक्रिय रूपमा परिचालन हुन मुख्यमन्त्री शाहले कमाण्ड पोस्टलाई परिचालन गर्न समेत निर्देशन दिए ।
प्रतिक्रिया 4