News Summary
Generated by OK AI. Editorially reviewed.- मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा न्यायको माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
- प्रदर्शनकारीले सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रधानमन्त्री तथा रास्वपा सभापति विरुद्ध नाराबाजी गरिरहेका छन् ।
- पीडित पक्षले शव नबुझेपछि मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ र वार्तामा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।
२७ असार, काठमाडौं । आत्मदाह गरेर ज्यान गुमाएका मुगुका गणेश नेपालीको न्याय माग गर्दै काठमाडौंको वीर अस्पताल अगाडि प्रदर्शन भएको छ ।
शनिबार दिउँसो सरकार र सत्तारुढ दल रास्वपाको विरोध गर्दै प्रदर्शन भइरहेको छ ।
प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाइरहेका छन् ।
अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।
सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको थियो । यद्यपि सहमति भने जुट्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4