+
+
Shares

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

घाइतेको उद्धारका लागि हेलिकप्टर पुग्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बझाङको केदारस्यूँ गाउँपालिका–७ को सुङगरे क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी पाँच जना घाइते भएका छन् र उनीहरूको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको छ ।
  • बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले भने, ‘हामी उद्धारकै कार्यमा छौं । घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ ।’

२७ असार, धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो ।

त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए ।

उनका अनुसार, अहिले घाइतेहरूको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।

‘हामी उद्धारकै कार्यमा छौं । घाइतेको उद्धार गर्न हेलिकप्टर त्यता गइसकेको छ,’ उनले भने ।

जिप सडकबाट करीब ३०० मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?