News Summary
Generated by OK AI. Editorially reviewed.- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन पूर्णरूपमा असफल भएको आरोप लगाएका छन् ।
- गणेश नेपालीको आत्मदाहलाई उनले लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको भन्दै सरकार नागरिकप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।
- अध्यक्ष घिसिङले धनी र गरिबबीचको खाडल कम गर्न जलविद्युत्, कृषि र पर्यटनमा आधारित हरित क्रान्तिसहितको नयाँ विकास मोडल अघि सारेका छन् ।
२७ असार, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि बनेको करिब दुईतिहाइको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरेपनि जनतामा विश्वास र आशा जगाउन सरकार असफल भएको बताए ।
उनले आम जनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशा को वातावरण बढ्दै गएको उल्लेख गरे ।
गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनको भनाइ छ । साथै, उनले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्पणी गरे ।
उनले उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उल्लेख गरे ।
उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ भएको भन्दै उनले जलविद्युत्, कृषि र पर्यटन जस्ता स्रोतहरूको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको बताए ।
प्रतिक्रिया 4