+
+
Shares

नीर शाहको फिल्म ‘प्रिन्स’ को गीतमा शान्तिश्री र प्रशान्तले दिए स्वर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रिन्स’को दोस्रो गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।
  • शाहको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको उक्त गीतमा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीले स्वर दिएका छन् ।
  • फिल्मको कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको निर्माण टिमले जानकारी दिएको छ ।

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘प्रिन्स’को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । फिल्मको दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।

रेकर्ड गरिएको गीतमा शाहकै शब्द, शम्भुजीत बास्कोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर छ । यसअघि फिल्मको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको थियो ।

रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘प्रिन्स’को कथा शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् । पटकथा र संवाद पनि शिवम अधिकारीकै छ ।

छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरका रूपमा आबद्ध छन् ।

निर्माण पक्षका अनुसार गीत रेकर्डिङको कामसँगै कलाकार तथा अन्य प्राविधिक टोली छनोटको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । कलाकार र प्राविधिक टोलीबारे औपचारिक घोषणा छिट्टै गरिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?