+
+
Shares

पेस्तोल र लागुऔषधसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १२:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराटनगर महानगरपालिका–१८ बाट प्रहरीले ५९ वर्षीय लालकिशोर यादवलाई पेस्तोल र लागुऔषधसहित पक्राउ गरेको छ ।
  • प्रहरीले उनको घरबाट एक थान कटुवा पेस्तोल, ३ ग्राम ०७ मिलिग्राम खैरो हेरोइन र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद गरेको छ ।
  • यादवविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको मोरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

६ साउन, विराटनगर । प्रहरीले विराटनगरबाट पेस्तोल र लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहानको राति विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवको घरमा प्रहरीले छापा मारेर एक थान कटुवा पेस्तोल, लागुऔषध खैरो हेरोइन ३ ग्राम ०७ मिलिग्राम र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको उनले बताए । उनीविरुद्ध हातहतियार खरखजना र लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?