News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाको टेकुमा निर्माणाधीन नयाँ प्रशासनिक भवनको भौतिक प्रगति ३५ प्रतिशत पूरा भएको छ ।
- परियोजनाका निर्देशक महेश भट्टले भने, \'२०८४ को कार्तिक २२ गते हाम्रो फाइनल डेट छ र हामी सकभर त्योभन्दा चाँडो सक्ने तयारी गरिरहेका छौँ ।\'
- कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्माणस्थलको अनुगमन गर्दै तोकिएको समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइन् ।
६ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।
महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण सुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो ।
भवन निर्माण सुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिए ।
उनकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य सुरु भएको हो ।
हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उनले जानकारी दिए ।
भवनको संरचना निर्माण कार्य तीव्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडी नै निर्माण सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।
२०८४ कात्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उनले बताए ।
उनकाअनुसार हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन् ।
साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।
निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उनले बताए ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाको भवन बनाउन हामीले चैतको २२ गतेबाट प्रोजेक्ट शुरु गरेका हौँ र आजसम्म हाम्रो ९४ दिन भयो, हामीले ३० प्रतिशत फाइनान्सियल प्रोग्रेस र ३५ प्रतिशत फिजिकल प्रोग्रेस गरिसकेका छौँ । २०८४ को कार्तिक २२ गते हाम्रो फाइनल डेट छ, ह्याण्डओभर गर्नुपर्ने र हामी सकभर त्योभन्दा चाँडो नै सक्ने तयारी गरेर त्यो अनुसार काम गरिरहेका छौँ ।’
महानगरको करिa ६ रोपनीको जग्गामा आठ तले प्रशासनिक भवन निर्माण हुँदैछ ।
उक्त निर्माणाधिण भवनको बुधafर काठमाडौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गरेकी छन् ।
उनले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिइन् ।
प्रतिक्रिया 4