+
+
Shares

अमेरिका इरानसँग वार्ता गर्न तयार, इरान गम्भीर नदेखिएको आरोप

‘अमेरिका अझै पनि इरानसँगको संकट अन्त्य गर्न वार्ताका लागि तयार छ, तर इरान वार्ताप्रति गम्भीर छैन,’ रुबियोले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १५:०३

६ साउन, काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानसँगको संकट अन्त्य गर्न वार्ता र सम्झौताका लागि तयार रहेको बताएका छन् । उनले इरान भने यस विषयमा गम्भीर नदेखिएको पनि दाबी गरेका छन् ।

बीबीसी फारसीका अनुसार दक्षिण–पूर्वी एसियाली देशका विदेश मन्त्रीहरूको बैठकमा रुबियोले अमेरिका र इरानबीचको तनावबारे आफ्नो धारणा राखेका थिए ।

‘अमेरिका अझै पनि इरानसँगको संकट अन्त्य गर्न वार्ताका लागि तयार छ, तर इरान वार्ताप्रति गम्भीर छैन,’ रुबियोले भनेका छन् ।

यसैबीच इरानका एक वरिष्ठ अधिकारीले सोमबार समाचार एजेन्सी रोयटर्सलाई जानकारी दिएका छन्। इरानले मध्यस्थकर्ताहरू मार्फत १० दिनको युद्धविरामको प्रस्ताव पाएको उनले बताएका छन् ।

हालै इरानका गृहमन्त्री पाकिस्तान भ्रमणमा गएका थिए । त्यस क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुख जनरल असीम मुनिरसँग भेटघाट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?